२८ माघ, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेकेदार कम्पनीको जमानत जफत गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले ठेकेदार कम्पनी पटेल-रमण जेभीले कार्यसम्पादन जमानत र अग्रिम भुक्तानीबापत राखेको तीन अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्न बाटो खोलिदिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको सोमबार बसेको संयुक्त इजलासले सर्वोच्चले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि बैंक ग्यारेन्टी जफत गर्ने बाटो खुलेको हो ।



