काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पुगेको बताएका छन् ।
बुधबार सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा वार्षिक ३.६ बिलियन डलर बराबरको राजश्व नोक्शानी गराउने वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पुगेको धारणा राखेका हुन्।



