व्यापारीले लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो एलपी ग्यास


  • Himalayan Bank Limited (HBL)
व्यापारीले लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो एलपी ग्यास

पछिल्लो दिनहरुमा बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासोसँगै नेपाल आयल निगमले पनि एलपी ग्यास सिलिन्डर बिक्री गर्न थालेको छ । 

साना डिपो व्यापारीहरुले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएसँगै उपभोक्ताको सहजताका लागि निगमले पनि टेकु कार्यालयबाट एलपी ग्यास बिक्री सुरु गरेको हो ।

बजारमा केही अभाव देखिएका ग्यास कम्पनीहरु (नेपाल ग्यास र एभरेष्ट ग्यास) सिलिन्डरहरु टेकु कार्यालयबाट बिक्री वितरण सुरु गरिएको निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले बताएका छन् । उनका अनुसार, निगमको प्रत्यक्ष निगरानीमा बजारमा अभाव देखिएका ग्यासहरुको बिक्री तिवरण सुरु गरिएको हो ।

Read More