ओखलढुङ्गामा अवैध जडीबुटी प्रशोधन कम्पनी


  • Himalayan Bank Limited (HBL)
ओखलढुङ्गामा अवैध जडीबुटी प्रशोधन कम्पनी

ओखलढुङ्गा, माघ २८ गते । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ । यो उद्योग अवैध रूपमा स्थापना गरिएको बताइएको छ । 

डिभिजन वन कार्यालय ओखलढुङ्गाले चाइनिज होओचेङ बायोटेक्नोलोजी प्रालि नामक कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड तथा प्रचलित नेपाल कानुन अनुसार प्रारम्भिक वातावरणीय प्रभाव परीक्षणलगायतका प्रमाणपत्र पेस नगरेको भन्दै सोमबार उद्योग सिल गरेको जनाएको छ ।

Read More