काठमाडौंः अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२–८३ मा १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमात्रै खर्च हुने अनुमान गरेको छ । यो रकम कुल बजेटको ८५.९६ प्रतिशत मात्रै हो ।
अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को अर्धवार्षिक समीक्षा अनुसार चालुतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब २० करोड ३४ लाख र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब १९ अर्ब ४ करोड ३९ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।



