कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?


  • Himalayan Bank Limited (HBL)
कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको छ।

आयोगले प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा र सेवा नेटवर्क मूल्यांकनका आधारमा पाँच वर्गमा विभाजन गरेको छ। सोही आधारमा तोकिएको सीमाभित्र रहेर उम्मेदवारहरूले खर्च गर्न पाउने छन्।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार उम्मेदवारले गर्न पाउने अधिकतम खर्चसीमा क्षेत्रअनुसार २५, २७, २९, ३१ र ३३ लाख रुपैयाँसम्म तोकिएको छ। निर्वाचन क्षेत्रका आधारमा उम्मेदवारले तोकिएको सीमाभित्र रहेर खर्च गर्न पाउने छन्। उम्मेदवारले अधिकतम खर्च २५ लाख रुपैयाँ गर्न पाउने क्षेत्रहरुमा काडमाडौंका सहरी क्षेत्र छन्। काठमाडौंका–१, ३, ६, ७ र ८ का उम्मेदवारले अधिकत्तम निर्वाचन खर्च २५ लाख मात्र गर्न पाउने छन्।

Read More