के एक करोड नागरिक जोडिएको स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको हो?


  • Himalayan Bank Limited (HBL)
के एक करोड नागरिक जोडिएको स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको हो?

सरकारले आवश्यक बजेट दिन नसकेपछि करिब एक करोड नागरिक आबद्ध रहेको स्वास्थ्य बीमा कार्यक्रम जारी रहन्छ कि बन्द हुन्छ भन्ने प्रश्न उठेको छ।

स्वास्थ्य बीमाका लागि उठाएको प्रिमियमभन्दा दोब्बर बढी रकम सरकारले अनुदान दिँदै आएको भए पनि दाबी भुक्तानी धान्न नसक्ने अवस्था आएपछि कार्यक्रमको स्थायित्वमा प्रश्न उठेको हो।

स्वास्थ्यमन्त्री सुधा गौतमले माघ २१ गते प्रधानमन्त्रीसँगको छलफलमा तत्काल १४ अर्ब रूपैयाँ नदिए स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउन नसकिने बताएकी थिइन्।

Read More