काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा निरन्तर देखिँदै आएको अधिक तरलता व्यवस्थापन गर्न आइतबारमात्रै बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ बजारबाट तानेको छ । अत्यधिक तरलताले ब्याजदरमा असन्तुलन ल्याउने जोखिम बढेपछि केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोगमा ल्याएको हो ।
केन्द्रीय बैंकले एकै दिन तान्यो ५० अर्ब
बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम अत्यधिक रूपमा थुप्रिदै गएपछि राष्ट्र बैंकले नियमितरूपमा तरलता व्यवस्थापनका उपायहरू अवलम्बन गर्दै आएको छ । पछिल्लो समय कर्जा प्रवाह सुस्त रहँदा बै ंकिङ प्रणालीमा तरलता उच्च रहँदै आएको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय प्रणालीमा कुल निक्षेप ७६ खर्ब रुपैयाँ नाघिसकेको छ ।



