काठमाडौँ — नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले नेपालमा खाने तेलको मूल्य पनि सोही बजारको व्यापारिक प्रवृत्तिअनुसार निर्धारण हुने जनाएको छ ।
पछिल्ला दिनहरूमा खाने तेलको मूल्यवृद्धि भएको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै संघले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संघले प्रशोधित खाने तेलको मूल्यवृद्धि स्वदेशी उद्योगको मनोमानी नभई अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावका कारण भएको दाबी गरेको छ ।


