साना तथा मझौला उद्यम विकासका लागि नौं करोड ५० लाख अमेरिकी डलर स्वीकृत


  • Himalayan Bank Limited (HBL)
साना तथा मझौला उद्यम विकासका लागि नौं करोड ५० लाख अमेरिकी डलर स्वीकृत

काठमाडौं- विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्न नौं करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ ।

वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको छ । साथै जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन सुरु गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई सुदृढ बनाइने छ ।

Read More