बजारमा ग्याँस अभावको हल्ला निराधार भएको आयल निगमको भनाई, माग धान्न थप २ हजार टन आयात गरिँदै


  • Himalayan Bank Limited (HBL)
बजारमा ग्याँस अभावको हल्ला निराधार भएको आयल निगमको भनाई, माग धान्न थप २ हजार टन आयात गरिँदै

नेपाल आयल निगमले विगत केही दिनदेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव भएको भनी विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलहरूमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले हाल बजारमा ग्यासको अभाव नरहेको र जाडोयामको माग धान्न पुग्ने परिमाणमा नियमित आयात भइरहेको स्पष्ट पारेको छ।

निगमका अनुसार इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट ग्यास आयातका लागि देशैभरका उद्योगीहरूलाई मासिक ४९ हजार ५०० मेट्रिक टनको कोटा उपलब्ध गराइँदै आएको छ जसअनुसार नोभेम्बर २०२५ मा ४७ हजार २६४ मे.टन, डिसेम्बर २०२५ मा ४८ हजार ५३१ मे.टन र जनवरी २०२६ मा ४७ हजार ३०४ मे.टन ग्यास आयात भई आम उपभोक्ता माझ बिक्री वितरण भइसकेको छ। यो परिमाण जाडोयामको माग धान्न पर्याप्त रहेको निगमले उल्लेख गरेको छ।

Read More