काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिकवृद्धिमा मद्दत पुग्ने विश्वास गरे ।
उनले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति भई ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो-भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने बताए । आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबैभन्दा बढी विद्युत् उद्योगमा खर्च हुन सक्ने उनको भनाइ छ ।


