कोभिडअघिको तुलनामा १४ प्रतिशतले बढे पर्यटक


  • Himalayan Bank Limited (HBL)
कोभिडअघिको तुलनामा १४ प्रतिशतले बढे पर्यटक

काठमाडौँ । नेपाल आउने पर्यटकको संख्या कोरोनाअघिको तुलनामा १४ प्रतिशतले बढेको छ । कोरोना भाइरस (कोभिड–१९) शुरू भएको वर्ष सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल आएका थिए । यस वर्षको जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । गतवर्षको सोही अवधिको तुलनामा पनि पर्यटक आगमन १५ दशमलव ७ प्रतिशतले बढेको छ । सन् २०२५ को जनवरीमा ७९ हजार ९९१ जना पर्यटक नेपालमा आएका थिए । नेपाल पर्यटन बोर्डले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पर्यटक आगमन कोभिडअघिको समयमा जस्तै बढ्न थालेको छ । 

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि नेपालमा भएका अन्तरराष्ट्रिय चेन होटेलमा समेत आक्रमण भएको, नेपाल सुरक्षित छैन भन्ने सन्देश गएको भन्ने चर्चाबीच यो वर्षको पहिलो महीनामै पर्यटकको आगमनले सकरात्मक संकेत दिएको छ ।

यस वर्षको पहिलो महीना सबैभन्दा धेरै पर्यटक सधैंझैं भारतबाटै आएका छन् । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन् । जुन कुल पर्यटक आगमनको २८ दशमलव ८ प्रतिशत हो । त्यसपछि चीनबाट ९ हजार १०१ पर्यटक आएका छन् । यद्यपि कोरोना भाइरसपछि घटेको चिनियाँ पर्यटक आगमनमा सुधार हुन सकेको छैन । सन् २०१९ को जनवरीमा नेपालमा कुल १२ हजार ९१६ पर्यटक भित्रिएका थिए ।

Read More