काठमाडौं । बैंकहरूको सम्पत्तिमा सुधारको सङ्केत देखिएको छ । बैंकहरूले देखाएको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनले यस्तो सङ्केत देखाएको हो । विवरण अनुसार अघिल्लो त्रैमासको तुलनामा १० वटा बैंकको निष्क्रिय कर्जा घटेको छ । यसअघि सबैजसो बैंकको निष्क्रिय कर्जा बढ्दै आएकोमा यो अवस्थाले बैंकिङ क्षेत्रको कर्जा सुधारतर्फ गएको विश्लेषकहरूले बताएका छन् ।



