प्राइम बैंकको निमित्त सीईओमा सन्जिब मानन्धर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम बैंकको निमित्त सीईओमा सन्जिब मानन्धर

उमेर हदका कारण प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीबाट नारायणदास मानन्धर पदमुक्त भएपछि सन्जिब मानन्धरलाई प्राइम बैंकको निमित्त सीईओको जिम्मेवारी दिइएको छ। 

बैंकको मंगलबार (साउन २१) साँझ बसेको संचलाक समितिको बैठकले संजिव मानन्धरलाई निमित्त सीईओको जिम्मेवारी दिएको बैंकका कम्पनी सचिव सन्तोष बरालले जानकारी दिएका छन। 

नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशिन मार्फत बैंकका संचालक तथा सीईओहरुलाई उमेर हद लागू गरेको थियो। सो निर्देशन पश्चात नारायणदास मानन्धर सीईओबाट पदमुक्त भएका हुन। बहालवाला सीईओको हकमा ६९ बर्ष उमेरहद कायम गरिएको छ।      

Read More
  • MBL - below news