भारतमा नेपालीलाई क्युआरमार्फत गरिने भुक्तानीमा सहज बनाइँदै


  • Himalayan Bank Limited (HBL)
भारतमा नेपालीलाई क्युआरमार्फत गरिने भुक्तानीमा सहज बनाइँदै

काठमाडौँ  । नेपाली नागरिकलाई भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीमा थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबिच भएको भेटघाटमा उक्त विषयमा छलफल भएको हो ।

गत साता मुम्बईस्थित आरबीआईको मुख्यालयमा राष्ट्र बैंक र आरबीआईका गभर्नरबिच भेटवार्ता भएको थियो । भेटवार्तामा नेपाल र भारतबिच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार र दुई पक्षीय हितका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । भेटका अवसरमा नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीलाई सहजीकरण गर्ने विषयमा छलफल केन्द्रित थियो ।

Read More