मुक्तिनाथ (मुस्ताङ), माघ १२ गते । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिए । सोही विद्रोहका कारण वि.सं. २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरियो ।
सन् १९८१ को नेपालचीनबिच व्यापार सम्झौताअनुसार सीमा क्षेत्रका बासिन्दालाई शून्य भन्सारमा तिब्बती सामग्रीको निरूबाध व्यापार गरिन्थ्यो । बि.स २०५८ सालसम्म प्रवेशमा कुनै अवरोध नरहेको सीमा वि.सं २०५९ देखि चीनले तारबार गरेर अन्तरदेशीय मेला बाहेकको अवधिमा नाका पूर्णरूपमा बन्द गरेपछि चाडपर्व र तिब्वतीको चाहनाअनुसार मात्र नाकामा व्यापार मेलामा करिब १५ दिनसम्म लाग्ने ब्यापार मेला आयोजना गरिए पनि कुनै समय बिचमै मेला रोकिएका घटनासमेत छन् ।


.jpg)
