निर्वाचनको माहौलबिच किसानलाई खेतीपातीको चटारो


  • Himalayan Bank Limited (HBL)
निर्वाचनको माहौलबिच किसानलाई खेतीपातीको चटारो

मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहौल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ। आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयन पत्र दर्ता गराइसकेका छन्।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम पर्वजस्तै हुने भए पनि यहाँका आमकिसान भने आफ्नै काममा व्यस्त छन्। वसन्तपञ्चमी (श्रीपञ्चमी) पर्वका लागि केशर (माटो मुनि फल्ने मधेसको फलविशेष) खनेर बजार पुर्‍याउन, उखु काटेर चिनी उद्योग लिन र वैशाखी तरकारी (चैत/वैशाखमा उत्पादन लिइने) लगाउने बेला घर्कँदै गर्दा हाल किसानलाई कामको भ्याइनभ्याइ परेको हो।

Read More