७ माघ, काठमाडौं । आयात १४.१८ र निर्यात ४३.७६ प्रतिशत वृद्धिसँगै मुलुकको अर्थतन्त्र गतिशील अवस्थामा पुगेको वैदेशिक व्यापार तथ्यांकले देखाएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन-पुस) मा वैदेशिक व्यापार आकार ११ खर्ब रुपैयाँ नजिक पुगेको छ ।



