आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापन तथा सुरक्षाका लागि सरकारले हालसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ ।
अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबारसम्म यो रकम विभिन्न मन्त्रालय र निकायलाई उपलब्ध गराइएको हो । निर्वाचन आयोगले यो निर्वाचन सम्पन्न गर्न करिब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । हालसम्म निकासा भएको रकम आयोगको अनुमानित कुल खर्चको करिब ७१ प्रतिशत हो ।



