कृषि उत्पादक मूल्यमा २.५० प्रतिशतले वृद्धि, खाद्यान्नको मूल्य बढ्ने सङ्केत


  • Himalayan Bank Limited (HBL)
कृषि उत्पादक मूल्यमा २.५० प्रतिशतले वृद्धि, खाद्यान्नको मूल्य बढ्ने सङ्केत

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिको कृषि, उद्योग तथा निर्माण क्षेत्रको मूल्य र उत्पादन सम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कृषि उत्पादकको मूल्यमा निरन्तर वृद्धि देखिएको छ भने औद्योगिक उत्पादन वृद्धि हुने अनुमान छ ।

यस्तै, निर्माण क्षेत्रको लागत मूल्य त्रैमासिक आधारमा घटेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिकमा कृषि उत्पादक मूल्य सूचकाङ्क १९३.७२ कायम भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५० प्रतिशतले बढी हो ।

Read More