काठमाडौँ — साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ ।
साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत नेपाली इन्जिनियर रमण शाहले आफ्नो ठाउँमा साउदी नागरिकले अवसर पाएको बताए । ‘म यो कम्पनीमा ८ वर्षदेखि काम गरिरहेको थिएँ । कम्पनीले मलाई निरन्तरता राख्न नसकिने जानकारी दिएको छ । हाम्रो कम्पनीले अनिवार्य रुपमा ३० प्रतिशत साउदीको इन्जिनियर पुर्याउनुपर्ने बाध्यता छ,’ उनले भने,‘त्यसपछि भारतीय इन्जिनियरहरुको दवदवा छ ।’


