मेची भन्सार कार्यालयबाट आयात साढे ८ प्रतिशतले वृद्धि, निर्यातमा सामान्य गिरावट


  • Himalayan Bank Limited (HBL)
मेची भन्सार कार्यालयबाट आयात साढे ८ प्रतिशतले वृद्धि, निर्यातमा सामान्य गिरावट

चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब ३ करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् ८ दशमलव ३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उकका अनुसार गत आवको पहिलो छ महिनामा रु २३ अर्ब नौ करोड ८८ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

Read More