६ माघ, काठमाडौं । नेपालमा सबैभन्दा धनी १ प्रतिशत व्यक्तिसँग सबैभन्दा गरिब ५० प्रतिशत मानिसको भन्दा ५ सय १९ गुणा धेरै सम्पत्ति रहेको तथ्यांक सार्वजनिक भएको छ ।
अक्सफाम इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा धनी र गरिबबीच गम्भीर असमानता छ । नेपालमा गरिब जनसंख्याको हिस्सामा ४.७ प्रतिशतमात्र सम्पत्ति छ भने धनी १ प्रतिशतसँग २४.५ प्रतिशत छ ।



