चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा


  • Himalayan Bank Limited (HBL)
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा

हङकङ, पुस ३० गते । चीनको व्यापार अधिशेष सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलरको ऐतिहासिक रेकर्डमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बुधबार सार्वजनिक गरिएको विवरण अनुसार संयुक्त राज्य अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको हो ।

चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५.५ प्रतिशतले बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ । यस अवधिमा आयात भने घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित रह्यो । यस अघिको वर्ष सन् २०२४ मा चीनको व्यापार अधिशेष नौ खर्ब ९२ अर्ब डलर भन्दा केही बढी थियो ।

Read More