काठमाडौं: नेपालको आर्थिक वृद्धिदर कमजोर हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । ग्लोबल इकोनोमिक प्रोस्पेक्ट जारी गर्दै विश्व बैंकले चालु आर्थिक वर्षमा २.१ प्रतिशत आर्थिक वृद्धि हुने दोहोर्याएको हो।
विश्व बैंकले जेनजी आन्दोलनपछि नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण यसअघि नै गरेको थियो। तर अर्थमन्त्री रामेश्वर खनालले पर्यटक आवागमन वृद्धि र व्यावसायिक वातावरण विस्तारै बन्दै गएकाले विश्व बैंकको प्रक्षेपणलाई खण्डन गरेका थिए। विश्व बैंकले २०२६ प्रोस्पेक्टमा राजनीतिक अस्थिरता र नीतिगत अनिश्चितताले आर्थिक वृद्धिमा नकरात्मक प्रभाव पारेको उल्लेख गरेको छ।



