अब सामाजिक सुरक्षा कोषमा आबद्ध भएको १२ महिनामै ऋण, कति पाइन्छ?


  • Himalayan Bank Limited (HBL)
अब सामाजिक सुरक्षा कोषमा आबद्ध भएको १२ महिनामै ऋण, कति पाइन्छ?

अब सामाजिक सुरक्षा कोषमा योगदान सुरू गरेको एक वर्षमै विशेष सापटी पाइने भएको छ।

अब १२ महिनामै विशेष सापटी पाइने कोषले जनाएको हो। 

कोषमा नियमित १२ महिना योगदान गरेपछि न्यूनतम १० हजार रूपैयाँदेखि अधिकतम आफ्नो अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म पाइने उल्लेख छ।

कोषका अनुसार विशेष सापटी रकमको ब्याजदर ५.२ प्रतिशत तोकिएको छ।

यसअघि यस्तो सापटी लिनका लागि योगदानकर्ताले नियमित ३६ महिना(तीन वर्ष) योगदान गर्नुपर्ने प्रावधान थियो।

Read More