चालु आवको ५ महिनामा वाणिज्य बैंकहरुको नाफा साढे १७ प्रतिशतले घटेको छ । गत वर्षको मंसिर महिनासम्म ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको मंसिरसम्म आउँदा १७.५७ प्रतिशतले घटेर २५ अर्ब ७२ करोड ८ लाख रुपैयाँमा आइपुगेको छ ।
निक्षेप क्रमिक रुपमा बढदै जानु तर त्यही मात्रामा ऋणको माग नहु्नु तथा गएको ऋणको साँवा ब्याज भुक्तानीमा समस्या हुँदा खराब ऋण बढ्दै जाँदा नाफा सकुचित हुँदै गएको हो । मंसिर महिनामा ६ वटा वाणिज्य बैंकको मात्रै नाफा वृद्धि भएको देखिएको छ । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र माछापुच्छ्रे बैंक गरी ५ वटा बैंकको नाफामा वृद्धि देखिएको हो ।



