वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियम उल्लंघन गरेको भन्दै दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। अनुमगनका क्रममा कैफियत फेला परेपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई १० हजार रुपैयाँ र सिन्धु मेटेरियल्स प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ का विभिन्न दफामा उल्लिखित प्रावधानविपरीत गतिविधि गरेको पाइएपछि ती फर्मलाई कारबाहीको दायरामा ल्याइएको विभागले स्पष्ट पारेको छ। विभागले कूल १४ वटा फर्ममा अनुमगन गरेकोमा अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन मात्र दिइएको छ।



