२९ पुस, काठमाडौं । प्रहरी कर्मचारीकै मिलेमतोमा नक्कली दुर्घटना खडा गरेर करिब एक करोड रुपैयाँ बराबर ठगी गरेको पाइएको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरले एक अनुसन्धानका क्रममा प्रहरी कर्मचारीकै मिलेमतोमा कीर्ते कागजात खडा गर्दै नक्कली दुर्घटना देखाएर बीमा वापतको रकम ठगी गरेको खुलेको छ ।



