मकरीगाड हाइड्रोविरुद्ध स्थानीय आन्दोलित, नि:शुल्क सेयरदेखि पानीघट्टसम्मका माग


  • Himalayan Bank Limited (HBL)
मकरीगाड हाइड्रोविरुद्ध स्थानीय आन्दोलित, नि:शुल्क सेयरदेखि पानीघट्टसम्मका माग

दार्चुलाको अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । 

आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् ।

हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड सेयर वितरण संघर्ष समिति गठन गरी कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् ।

Read More