चिनीका बारेमा उद्योगी र आयातकर्ताको आ–आफ्नै दाउ, उपभोक्ता मर्कामा


  • Himalayan Bank Limited (HBL)
चिनीका बारेमा उद्योगी र आयातकर्ताको आ–आफ्नै दाउ, उपभोक्ता मर्कामा

काठमाडौँ । चिनीका बारेमा उद्योगी र आयातकर्ताबिच परस्पर विरोधी धारणा बनेको छ । उद्योगीले गत वर्षकै चिनी ‘स्टक’ हुँदासमेत सरकारले आयात खुकुलो बनाइदिँदा आफूहरूको उत्पादन बिक्री हुन नसकेको गुनासो गरिरहेका छन् भने आयातकर्ताचाहिँ उद्योगीले कालोबजारी गर्न आयात रोक्न पहल गरिरहेको आरोप लगाइरहेका छन् ।

भारतीय चिनीको अवैध आयात र न्यून भन्सार दरका कारण अर्बौंको लगानी डुब्ने अवस्थामा पुगेको चिनी उद्योगीको भनाइ छ । उनीहरू चिनी आयातमा भन्सार महसुल बढाउन सरकारलाई दबाब दिइरहेका छन् ।

आयातकर्ताले भने स्वदेशी उद्योगीले आफ्नो सिन्डिकेट लाद्न र उपभोक्तालाई महँगो मूल्य तिराउन भन्सार बढाउने खेल रचेको आरोप लगाएका छन् ।

Read More