काठमाडौँ । सरकारले पछिल्लो समय ऊर्जा मिश्रणमा सौर्य ऊर्जाको अंश वृद्धि गर्न थालेसँगै नेपालमा सोलार उपकरणको आयात उल्लेख्य रूपमा वृद्धि हुँदै गएको पाइएको छ ।
निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ऊर्जा मिश्रण नीतिअनुसार सौर्य ऊर्जाका लागि तोकिएको कम्तीमा १० प्रतिशतको सीमा हटाइने प्रक्रिया अघि बढाएपछि सौर्य ऊर्जा उद्यमीहरू उत्साहित भएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो ५ महीना (साउन–मङ्सिर) मा ५८ करोड ५८ लाख ६३ हजार रूपैयाँको ७६ हजार ८०० सोलार पाता आयात भएका छन् ।



