तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट हुने व्यापार घट्यो


  • Himalayan Bank Limited (HBL)
तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट हुने व्यापार घट्यो

कोरला । मुस्ताङको कोरला नाकाबाट हुने व्यापार घट्दै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरला नाकाबाट हुने व्यापार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरला नाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनरको संख्या घट्दै गएको हो । कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर हाल भन्सार कार्यालयमा ८/१० ओटा मात्र जाँचपासका लागि ‘पेन्डिङ’मा रहेका बताए । भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका कन्टेनरबाहेक कोरला नाकाबाट थप कन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाइ छ । 

Read More