निर्यात प्रोत्साहन कार्यविधि अन्तिम चरणमा


  • Himalayan Bank Limited (HBL)
निर्यात प्रोत्साहन कार्यविधि अन्तिम चरणमा

काठमाडौँ, पुस २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विदेशी मुद्रा भित्र्याउने र व्यापार घाटा कम गर्ने निर्यात व्यापार रहेकाले यसलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल निर्यात परिषद्ले  मङ्गलबार आयोजना गरेको १० औँ निर्यात दिवसलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले स्वदेशी वस्तुको निर्यात बढाएर मुलुकको अर्थतन्त्र चलायमान बनाउन सकिने बताउनुभएको हो । 

निर्यात प्रवर्धन गर्न सरकारले प्रयत्न गरे पनि सन्तुष्ट हुन नसकेको बताउँदै उहाँले निर्यातमा देखिएका प्रक्रियागत र कार्यविधिगत समस्यालाई सहजीकरण गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । 

Read More