पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो: करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने


  • Himalayan Bank Limited (HBL)
पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो: करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने

पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न स्वीकृत प्रदान गरेको छ।

मन्त्रिपरिषद्बाट ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृतिसँगै अब नेपाल आयल निगमलाई पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गर्ने बाटो खुलेको छ।

दुई दशक अघिदेखि पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन । पेट्रोलमा इथानोल मिश्रण गर्न सके करिब सात करोड लिटर पेट्रोल आयात घटाउन सकिने अनुमान गरिएको छ ।

Read More