माघ १ देखि सबै बीमा भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने


  • Himalayan Bank Limited (HBL)
माघ १ देखि सबै बीमा भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन मंगलबार निर्देशन दिएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बताए ।

Read More