टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरको ३१.०७ प्रतिशतबाट सामान्य घटेर डिसेम्बरमा ३०.८९ प्रतिशत कायम भएको छ ।टर्कीको तथ्याङ्क विभागकाअनुसार मुद्रास्फीति मापन गर्ने ‘बास्केट’ मा सबैभन्दा बढी भार रहेका तीन मुख्य खर्च समूहहरूमा उपभोक्ता मूल्य वृद्धि जारी रहेको देखिएको छ । वार्षिक आधारमा खाद्य तथा गैर–रक्सीजन्य पेय पदार्थको मूल्य २८.३१ प्रतिशत, यातायातको २८.४४ प्रतिशत र आवासको मूल्य ४९.४५ प्रतिशतले वृद्धि भएको छ ।



