एक वर्षमा ७०० उद्योगहरूमा करिब २६ खर्ब लगानी, कुन क्षेत्रका उद्योगमा कति ?


  • Himalayan Bank Limited (HBL)
एक वर्षमा ७०० उद्योगहरूमा करिब २६ खर्ब लगानी, कुन क्षेत्रका उद्योगमा कति ?

उद्योग विभागले मुलुकमा रहेको उद्योगहरूमा करिब २६ खर्ब रुपैयाँ कुल पुँजी परिचालना भएको बताएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ७०० वटा उद्योगमा २५ खर्ब ८१ अर्ब १८ करोड रुपैयाँबराबरको कुल पुँजी परिचलान भई ३५ हजार एक सय ३१ जनालाई रोजगारी प्रस्ताव गरिएको हो ।

उक्त उद्योगहरूको कुल स्थिर पुँजी २२ खर्ब ८० अर्ब ५५ करोड र चालू पुँजी ३ खर्ब ६ करोड २६ लाख रुपैयाँ रहेको छ । विभागका अनुसार ७०० उद्योगमध्ये पर्यटन क्षेत्रमा २३५ वटा, सेवामा ११० वटा, उत्पादनमूलकमा १०६ वटा, ऊर्जा ३८ वटा, सूचना तथा प्रविधिमा १८५ वटा, कृषि तथा वनमा १२ वटा, पूर्वाधारमा दुईवटा र खनिजजन्यमा १२ वटा रहेका छ । समीक्षा अवधिमा सबैभन्दा बढी बाग्मीता प्रदेशमा उद्योग दर्ता हुँदा सबैभन्दा कम भने कर्णालीमा रहेको छ । कोशीमा ४२, मधेशमा ३०, बाग्मतीमा पाँच सय ४३, गण्डकीमा ३०, लुम्बिनी ४३, कर्णाली एक र सुदूरपश्चिम ११ वटा उद्योग दर्ता भएको हो ।

Read More