सरकारले आगामी निर्वाचनको लागि तयारी तीव्र बनाएको छ। अर्थ मन्त्रालयले निर्वाचनका लागि चाहिने खर्च व्यवस्थापन गर्दै रकम निकासा प्रक्रिया अघि बढाएको छ।
विशेष गरी गृह मन्त्रालय मातहत र निर्वाचन आयोग मातहतमा निर्वाचन खर्च हुने गर्छ। गृह मन्त्रालय र निर्वाचन आयोगले माग गरेको बजेटमा छलफल गर्दै अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हाल्ने क्रममा नै निर्वाचनका लागि चाहिने बजेटमा सरकारले आवश्यक जोहो गर्ने र आवश्यकताको आधारमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाएका थिए।



