५ महिनामै सवा १ अर्ब रुपैयाँको सिमेन्ट-क्लिकंर निर्यात


  • Himalayan Bank Limited (HBL)
५ महिनामै सवा १ अर्ब रुपैयाँको सिमेन्ट-क्लिकंर निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँको सिमेन्ट र क्लिकंर निर्यात भएको छ । भन्सार विभागका अनुसार कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिकंर निर्यात भएको हो । 

गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँको ६ लाख ९९ हजार ५१० टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । पाँच महिनामा २९ करोड ९७ लाख रुपैयाँको क्लिकंर र ८९ करोड ६६ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षभर २ अर्ब ९१ करोड रुपैयाँको सिमेन्ट र क्लिकंर निर्यात भएको थियो । विभागका अनुसार २ अर्ब २१ करोड रुपैयाँको सिमेन्ट र ६९ करोड ७३ लाख रुपैयाँको क्लिंकर निर्यात भएको थियो ।

Read More