१८ पुस, काठमाडौं । किसानले खेतबाट उखु काट्दै उद्योगसम्म पुर्याउन थालेसँगै चिनी मिलहरूले धमाधम ‘क्रसिङ’ थालेका छन् । तर, मिल ताते पनि सञ्चालकहरूमा कच्चापदार्थ अभाव हुने चिन्ता भने सेलाएको छैन ।
यस वर्ष उखु उत्पादनमा भारी गिरावट आउने प्रक्षेपणले उद्योगहरूलाई आवश्यक ‘घान’ नै नपुग्ने देखिएको छ । गत वर्ष २ करोड १६ लाख क्विन्टल उखु उत्पादन भएको थियो । तर, यसपालि १० देखि २० प्रतिशतले उत्पादन घट्ने चिनी उद्योगी बताउँछन् ।



