काठमाडौँ — उच्च अदालत पाटनले वैदेशिक रोजगारमा जाने श्रमिकको विस्तार गरिएको स्वास्थ्य परीक्षण र शुल्क खारेज गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र शिवबहादुर रानाभाटको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले श्रममन्त्री भण्डारीको ठाडो निर्णयलाई खारेजीको माग गर्दै उच्च अदालतमा रिट दायर गरिएको थियो । अब यो रिटको अन्तिम आदेश नआएसम्म स्वास्थ्य व्यवसायीले १९ प्रकारको स्वास्थ्य परीक्षण र ६ हजार ५ सय रुपैयाँ शुल्क लिन पाउनेछन् ।


