बैंकिङ प्रणालीबाट क्रिप्टो लगायतका अवैध भर्चुअल मुद्राको कारोबार बढेको पाइएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भर्चुअल असेस्ट सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन २०२५ अनुसार यस्तो देखिएको हो।
बियान्से, युएसडिटी, क्रिप्टो, बिट क्वाइन, हाइपर फण्ड, हाइपरभर्स, एमटी क्वाइन जस्ता अभौतिक मुद्रा र सम्पत्ति किनबेचको लागि बैंकिङ खाताको प्रयोग भएको पाइएको हो।
प्रतिवेदन अनुसार करिब साढे चार वर्ष (जनवरी २०२१ देखि जुलाई २०२५ सम्म)मा राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा रिपोर्टिङ भएका शंकास्पद र सीमाभन्दा बढीको कारोबारको अवलोकन गर्दा यस्तो पाइएको हो।



