गत भाद्र २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ बाट भएको भौतिक क्षतिको उपचारमा बीमा कम्पनीहरूले चरम कन्जुस्याइँ देखाएका छन् ।
आन्दोलनको आगो साम्य भएको तीन महिना बितिसक्दा पनि प्रभावित व्यवसायीहरूले राहत महसुस गर्न पाएका छैनन्। बीमा दाबी भुक्तानीको गति निकै सुस्त छ। नेपाल बीमा प्राधिकरणको मंसिर अन्तिमसम्मको तथ्यांक अनुसार करिब २३.५ अर्ब रुपैयाँ बराबरका दाबीमध्ये ८० प्रतिशतभन्दा बढी रकम रोक्का छ। क्षति भोग्न पुगेका व्यक्तिहरूले हालसम्म आफ्नो दाबीको २० प्रतिशतभन्दा कम मात्र पाएका छन्।



