क्रिसमस विदाको दिन पारेर जर्मनीको इतिहासमै सबैभन्दा ठूलो बैंक डकैती


  • Himalayan Bank Limited (HBL)
क्रिसमस विदाको दिन पारेर जर्मनीको इतिहासमै सबैभन्दा ठूलो बैंक डकैती

जर्मनीको इतिहासमै सबैभन्दा ठूलो बैंक डकैती भएको छ । पश्चिमी शहर गेल्सेनकिर्चेनको स्पारकासे बैंकको शाखाबाट कम्तिमा ३० मिलियन युरो (करिब ३५ मिलियन डलर) नगद र बहुमूल्य चीजहरू चोरी भएको हो । 

प्रहरीले चोरीको अनुसन्धान भइरहेकोले चोरी गरिएको रकम र बहुमूल्य वस्तुहरुको मात्रा अझै बढ्न सक्ने बताएको छ । प्रहरीले चोरले करिब ३,२०० वटा सेफ फोरेर त्यहाँ राखिएको रकम चोरी गरेको बताएको छ । यो घटनालाई जर्मन इतिहासको सबैभन्दा ठूलो बैंक डकैती मानिएको छ ।

क्रिसमस विदाको दिन सोमबार राती भएको यो घटना बैंकका अधिकारी र प्रहरीले मंगलबार विहान मात्र थाहा पाएका थिए । बैंकको सुरक्षा गार्डहरुले त्यति ठूलो चोरीको घटना हुँदा किन थाहा पाएनन् भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Read More