गैर-बैंकिङ सम्पत्तिको समस्या थप चुलिदो - एक वर्षमा १२ अर्बले बढ्यो, कुन क्षेत्रको अवस्था कस्तो ?


  • Himalayan Bank Limited (HBL)
गैर-बैंकिङ सम्पत्तिको समस्या थप चुलिदो - एक वर्षमा १२ अर्बले बढ्यो, कुन क्षेत्रको अवस्था कस्तो ?

बैंक तथा वित्तीय संस्थाले समयमै कर्जा उठाउन नसक्दा पछिल्लो समय गैरबैंकिङ सम्पत्तिको आकार उल्लेख्य रुपमा फैलिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ५१ अर्ब ७ करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो रकम ३८ अर्ब २६ करोड १० लाख रुपैयाँमा सीमित थियो। यस आधारमा एक वर्षको अवधिमा मात्रै गैरबैंकिङ सम्पत्ति करिब १२ अर्ब ८१ करोड ५० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ। यसै अवधिमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा (एनपीएल) पनि बढ्दो क्रममा छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म औसत निष्क्रिय कर्जा ५.२६ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा यो ४.४२ प्रतिशत थियो। छ।

Read More