नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको अवस्था र देशको भविष्यबारे गम्भीर प्रश्न उठाएका छन्।
महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा महासंघ अध्यक्ष ढकालले देश अहिले यस्तो मोडमा पुगेको बताए जहाँ अबको साझा एजेन्डा स्पष्ट रूपमा ‘समृद्धि’ हुनुपर्ने बताए।
ढकालले विगत ७५ वर्षका राजनीतिक आन्दोलनले सर्वसाधारणको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको उल्लेख गरे। सरकारी प्रतिवेदनमा सीमित रोजगारी देखाइने र निजी क्षेत्रका सुझाव बेवास्ता गरिँदा युवामा निराशा बढ्दै गएको उनको भनाइ थियो।
'हामीले भावी पुस्तालाई असफल राष्ट्र हस्तान्तरण गर्न लागेका त होइनौं भन्ने प्रश्न गम्भीर रूपमा मेरो मनमा उठेको छ,' उनले भने।



