नियुक्त भएको साता दिन नपुग्दै गयो प्राइम बैंकका सिइओको जागिर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नियुक्त भएको साता दिन नपुग्दै गयो प्राइम बैंकका सिइओको जागिर

राष्ट्र बैंकको नयाँ निर्देशनपछि प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायणदास मानन्धरको पद गुमेको छ। राष्ट्र बैंकले सिइओका लागि उमेर हद तोकेसँगै उनको पद गुमेको हो।

७४ वर्षीय उमेरका मानन्धरले चौथो पटक बैंकको प्रमुख कार्यकारीको जिम्मा पाएका थिए। गत शुक्रबार बसेको संचालक समितिको बैठकले मानन्धरलाई निरन्तरता दिएको थियो।

राष्ट्र बैंकले सोमबार नयाँ निर्देशन जारी गर्दै बहालवाला प्रमुख कार्यकारीले ६९ वर्षको उमेरसम्म पदमा रहन पाउने व्यवस्था गरेको छ।

मानन्धरको उमेर ७४ वर्ष रहेकाले उनी पदमुक्त भएका हुन्। त्यस्तै निर्देशन अनुसार ६५ वर्ष पुगेकाहरु अब पुनः सिइओ नियुक्त हुन पाउने छैनन्। यो व्यवस्था लागू भइसकेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए।

Read More
  • MBL - below news