के हो म्युचुअल फण्ड, कसरी लगानी गर्ने ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के हो म्युचुअल फण्ड, कसरी लगानी गर्ने ?

काठमाडौं, वैशाख ५ । विभिन्न व्यक्ति वा संस्थाको सहभागिता रहने गरी परिचालन गरिएको बचत लगानी रकमलाई आफ्नो जिम्मा लिई त्यसको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीलाई समानुपातिक रुपले वितरण गर्न योजना व्यवस्थापकहरुले सचालन गरेको लगाानी कोषलाई सामूहिक लगानीकोष ( म्युचुअल फण्ड) भनेर बुझ्न सकिन्छ ।
 म्युचुअल फण्डको संरचनामा कोष प्रवद्र्धक, कोष सुपरिवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरी रहेका हुन्छन् । म्युचुअल फण्डले सामूहिक लगानीबाट संकलित पुँजीले विभिन्न योजनाहरु सञ्चालन गर्ने गर्दछन् । सामूहिक लगानी योजना ट्रष्टको रुपमा स्थापना हुन्छ । म्यूचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजनाहरु बन्दमुखी योजना र खुलामुखी योजना गरी दुई प्रकारका हुन्छन् ।

खुलामुखी योजना कसरी सञ्चालन गरिन्छ ? 
योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समय सीमा नतोकी कुनै पनि समयमा लगानीकर्ताहरुलाई इकाईहरु बिक्री गर्न सकिने गरी जारी गरिएको सामूहिक लगानी योजनालाई खुलामुखी योजना भनिन्छ । 
यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजना इकाईहरु बिक्री गर्न सक्नेछन् र लगानीकर्ताले इकाई बिक्री गर्न आएमा पुुनः खरिद पनि गरिदिन सक्नेछन् । यस्ता योजनामा तरलता बढी हुन्छ । खुलामुखी योजना धितोपत्र बजारमा सूचीकृत नहुने भएकाले दोस्रो बजारमा कारोबार हँुदैन । नेपालमा पनि यस्ता योजना सञ्चालन हुने क्रममा रहेका छन् ।

बन्दमुखी योजना कस्तो हुन्छ ? 
निश्चित रकम र अवधि तोकी लगानीकर्ताहरुलाई इकाईहरु बिक्री गरिने सामूहिक लगानी योजनालाई बन्दमुखी योजना भनिन्छ । यस प्रकारको योजनामा एकपटक इकाई जारी गरेपश्चात तोकिएको समयावधिभर सो योजनाअन्तर्गत थप इकाईहरु जारी गरिँदैन र तोकिएको समयावधि भुक्तानी भएपछि लगानीकर्तालाई रकम फिर्ता गरिन्छ । 
बन्द मुखी योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुन्छ । हाल नेपालमा बन्दमुखी योजनाहरु मात्र सञ्चालनमा रहेका छन् ।


यस्ता योजनाहरुले कुन क्षेत्रमा लगानी गर्न सक्नेछन ? 
–  बोर्डमा दर्ता भएको धितोपत्र
–    सार्वजनिक निष्कासन भएको धितोपत्र 
–     धितोपत्र बजारमा सूचीकृत धितोपत्र 
–     सरकारले जारी गरेको वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्वमा रहने कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु 
–     बैंक निक्षेप
–     मुद्रा बजार उपकरण
–     बोर्डले तोकिएको अन्य क्षेत्र 

बोर्डले क्षेत्र तोक्दा त्यस्तो क्षेत्रमा लगानी गर्दा पालना गर्नुपर्ने शर्त समेत तोकिदिनेछ । यसका अलवा कुनै निश्चित क्षेत्रमा मात्र लगानी गर्ने गरी बोर्डबाट स्वीकृति प्राप्त योजनाले भने सोही क्षेत्रमा मात्र लगानी गर्नुपर्नेछ । योजना व्यवस्थापकले योजनाको रकम लगानी गर्दा देहाय बमोजिमको सीमाभित्र रही गर्नुपर्नेछ । 

–     कुनै एक कम्पनीको साधारण शेयरमा त्यस्तो संस्थाको कुल चुक्तापूँजीको दश प्रतिशतभन्दा बढी नहुने गरी । 
–     कुनै एक कम्पनीले निष्कासन गरेको धितोपत्रमा योजनको कुल रकमको १० प्रतिशतभन्दा बढी नहुने गरी ।
–     अन्य सामूहिक लगानीकोषअन्तर्गतको योजनामा आफ्नो योजनाको बीमा प्रतिशतभन्दा बढी नहुने गरी । 
–     बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी ।
–     मुद्रा बजार उपकरणमा योजनाको कुल सम्पत्तिको १० प्रतिशत भन्दा बढी नहुने गरी ।

.................

Read More
  • MBL - below news